काठमाडौँ। तुइन खोलाको पहिरो पन्छाएपछि मुग्लिन–नारायणगढ सडक दुई तर्फी रूपमै सडक सुचारू भएको छ।
सोमबार दिउँसो झरेको पहिरोले गर्दा सडक पूर्णरुपमा अवरुद्ध भएको थियो।
मुग्लिन–नारायणगढ सडक खण्डमा पर्ने तुइन खोलामा ८ असोजमा पनि पहिरो झर्दा दुई दिन सडक अवरुद्ध भएको थियो।
सोमबार करीब पाँच घण्टा लगाएर पहिरो पन्छाएपछि सडक सुचारू भएको सडक विभागले जानकारी दिएको छ।