काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१३ आश्विन २०८२
अ+
अ-

मुस्ताङ। हिमाली जिल्ला मुस्ताङमा धार्मिक परम्पराअनुसार फूलपाती भित्र्याइएको छ।

नेपाली सेनाको इन्द्र बक्स गण, सशस्त्र प्रहरी बल ३३ नं गुल्म र जिल्ला प्रहरी कार्यालयले आज जोमसोमस्थित गणेश मन्दिरबाट पुजाअर्चना र सलामीसहित आ–आफ्नो शक्तिपीठमा सैनिक बाजागाजासहित फूलपाती डोली भित्र्याएको हो।

यसअघि जोमसोमस्थित नेपाली सेनाको इन्द्रबक्स गणबाट नेपाली सेनाको टोली नवरात्रको पहिलो दिन घटस्थापनामा राखिएका फूलपातीलाई सैनिक बाजागाजासहित गणेश मन्दिरमा पुर्‍याइएको थियो।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल ३३ नं गुल्म र जिल्ला प्रहरी कार्यालयले पनि घटनास्थापनामा राखिएको फूलपातीलाई गणेश मन्दिरमा पुर्‍याएको थियो । यसरी यहाँ सुरक्षा निकायले गणेश मन्दिर पुर्‍याइएको फूलापातीलाई नेपाली सेनाका पुरोहित लक्ष्मण अर्यालले पूजाआजा गरेका थिए।