१३ आश्विन २०८२
फाइल फोटो
अ+
अ-

काठमाडौँ। देशका विभिन्न सात ठाउँमा सडक अवरुद्ध भएका छन् ।

नेपाल प्रहरीले सोमबार बिहान ८ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै संखुवासभा, रसुवा र सिन्धुपाल्चोक जिल्लामा यातायात पूर्ण रूपमा प्रभावित भएको जनाएको हो ।

रसुवामा गोसाइकुण्ड गाउँपालिका–२ मा बाढीले नेपाल–चीन नाका जोड्ने पुल अवरुद्ध गरेको छ भने तातोपानी क्षेत्रमा खसेको पहिरोका कारण पासाङ ल्हामु सडकखण्ड बन्द भएको छ ।

संखुवासभाको कोशी राजमार्गमा भोटखोला गाउँपालिका–४ बरुण र मकालु गाउँपालिका–३ एकुवामा सडक अवरुद्ध भएको छ ।

त्यस्तै, सिन्धुपाल्चोकमा अरनिको राजमार्गका सुनकोशी गाउँपालिका–७ को ‘एक किलो’ र भोटेकोशी गाउँपालिका–२ को ‘बाह्र किलो’मा खसेको पहिरोका कारण सडक अवरुद्ध भएको छ ।