१४ आश्विन २०८२
अ+
अ-

चितवन। तुइन खोला पुलनजिक लेदो खसेर पूर्णरूपमा अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडक मंगलबार राति ८ः३० बजेदेखि पुनः सञ्चालनमा आएको छ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार अवरोधको सूचना पाएलगत्तै टोली मेसिनसहित घटनास्थलमा पुगेर लेदो पन्छाउने कार्य सम्पन्न गरिएको हो।

सडक खुल्नासाथ रोकिएका सवारीसाधन गन्तव्यतर्फ अगाडि बढेका छन्। डिभिजनले सबै चालक र यात्रुहरूलाई संयमित भई लेन अनुशासन पालना गर्दै यात्रा गर्न आग्रह गरेको छ।