काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१४ आश्विन २०८२
अ+
अ-

काठमाडौँ। पाकिस्तानको क्वेटा शहरमा मंगलबार दिउँसो बम बिस्फोट हुँदा १० जनाको मृत्यु र ३२ घाइते भएका छन्।

पाकिस्तानी समाचार संस्था डानले जनाएअनुसार क्वेटाको पारामिलिटरी फोर्सको हेडक्वाटर अगाडि एउटा गाडीमा सुसाइड बिस्फोट भएको हो। क्वेटाका प्रहरी अधिकारी एसएसपी मोहम्मद बलोचले बिस्फोट शक्तिशाली भएको बताएका छन्। उनले वरिपरि घरको सिसा फुटेको र पर्खाल चर्कीएको बताए।

पाकिस्तानी राष्ट्रपति आसिफ अली जरदारीले बिस्फोटको पछाडि भारतसमर्थित तहरीक–ए–तालिबान पाकिस्तान (टिटिपी) को आतंककारीको हात भएको प्रतिक्रिया दिएका छन्। भारतले भने कुनै प्रतिक्रिया जनाएको छैन।

बलुचिस्तानका स्वास्थ्य मन्त्री बख्त मोहम्मद काकरले घाइतेलाई सिभिल अस्पताल र ट्रमा सेन्टरमा भर्ती गराइएको जानकारी दिए। ठूला सबै अस्पतालमा इमर्जेन्सी घोषणा गरिएको छ। बलुचिस्तानका मुख्यमन्त्री मीर सरफराज बुगतीले पनि घटनालाई आतंकवादी हमला भनेका छन्। उनले भने, ‘बिस्फोटपछि सुरक्षाकर्मीको कारबाहीमा ४ आतंकवादी मारिएका छन्।’

तहरीक–ए–तालिबान पाकिस्तानको विद्रोही संगठन हो। सन् २००१ मा अमेरिकामा अफगानिस्तानले हमला गरेपछि यसका लडाकुहरू लुक्नका लागि पाकिस्तानको पहाडी क्षेत्रमा पुगेका थिए। सन् २००७ मा बेतुल्लाह मेहसुदले १३ वटा विद्रोही समूहलाई मिलाएर तहरीक–ए–तालिवान पाकिस्तान बनाएका थिए।