काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१४ आश्विन २०८२
अ+
अ-

काठमाडौं- चार जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस भएसँगै नेपाल प्रहरीमा डीआईजीहरूको दरबन्दी रिक्त भएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार चार जना डीआईजीहरूको दरबन्दी रिक्त भएको हो। रिक्त दरबन्दी पूर्ति गर्नेबारे गृह मन्त्रालय बढुवा सिफारिस समितिमा छलफल चलिरहेको छ। “अहिले बिदा भइसकेकाले दसैंपछाडि बढुवा समिति बैठक बसेर टुंगो लगाउने छ,” गृह मन्त्रालयका एक अधिकारीले भने।

गत १२ असोजमा चार जना डीआईजीहरू एआईजीमा बढुवा सिफारिस भएका थिए। सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विकलाई एआईजी बढुवा सिफारिस गरिएको थियो। उनीहरूलाई दसैंपछि दर्ज्यानी चिन्ह प्रदान गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

चार डीआईजीका लागि एक दर्जन एसएसपीहरू प्रतिस्पर्धामा छन्। त्यसमध्ये पहिलो नम्बरमा शारदाप्रसाद चौधरी रहेका छन्। दोस्रो नम्बरमा विश्व अधिकारी छन्। जेनजी आन्दोलनका क्रममा काठमाडौंमा अत्यधिक बल प्रयोग गरेको आरोप लागेपछि उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको जिम्मेवारीबाट हटाइएको थियो।

उनीपछि भूपेन्द्रबहादुर खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल, अविनारायण काफ्ले, सोमेन्द्रसिंह राठौर, मुकुन्द मरासिनी, दिपशमशेर राणा, गोपालचन्द्र भट्टराई, प्रवीण पोखरेल, गंगा पन्त, कृष्णबहादुर पल्ली मगर, तारादेवी थापा र प्रज्जवल महर्जन छन्।