काठमाडौं। देशका विभिन्न स्थानमा सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।
प्रहरीकाअनुसार सुनसरी, बराहक्षेत्र नगरपालिका-१ नडाहा चतरा जंगलस्थित सडकमा झण्डा चोकबाट नडाहातर्फ जाँदै गरेको प्रदेश १-०२-०४६ प ४३३४ नम्बरको स्कुटर अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही नगरपालिका-५ कालाबन्जार बस्ने ३५ वर्षीय कमल पौडेल छन्। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
यस्तै, लमजुङ, राइनास नगरपालिका-३ नौबिसेस्थित सडकमा टिमुरेबाट सातबिसेतर्फ आउँदै गरेको ग २४ प १६३० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा सोही नगरपालिका(३ टिमुरे बस्ने २३ वर्षीय समिर ठकुरीको मृत्यु भएको छ। सोमबार राति दुर्घटनामा गम्भीर घाइते भएका उनको सहोदर अस्पताल लमजुङमा उपचारको क्रममा मृत्यु भएको हो।
ओखलढुङ्गा, मानेभन्ज्याङ गाउँपालिका(४ केत्तुकेस्थित सडकमा बा५ख ८२२९ नम्बरको बस र प्र. १-०७-००१ प ०६७४ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई सोमबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सिद्धिचरण नगरपालिका-११ बस्ने २१ वर्षीय विनोद कटवालको मृत्यु भएको छ। दुर्घटनमा गम्भीर घाइते भएका उनको सामुदायिक अस्पताल ओखलढुङ्गामा उपचारको क्रममा मृत्यु भएको हो।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अर्का एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ।
बाराको जीतपुर-सिमरा उपमहानगरपालिका-३ मालपोत चोकस्थित सडकमा बा.प्र.०१-०२५ च ६०७४ नम्बरको कारको ठक्करबाट पैदलयात्री सोही उपमहानगरपालिका-७ जितपुर शान्तिटोल बस्ने ७१ वर्षीया प्यारी साहको मंगलबार दिउँसो मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएकी उनको नारायणी अस्पताल वीरगन्जमा उपचारको क्रममा मृत्यु भएको हो। प्रहरीले कार चालकलाई नियन्त्रणमा लिएको छ।