काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

नेपाली क्रिकेट

१४ आश्विन २०८२
अ+
अ-

काठमाडौं। नेपाली क्रिकेटले सोमबार ऐतिहासिक उपलब्धि हासिल गरेको छ। संयुक्त अरब इमिरेट्स (युएई)स्थित सारजाह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको दोस्रो टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपालले दुई पटकको टी–२० विश्वकप विजेता वेस्ट इन्डिजलाई ९० रनले पराजित गर्दै नयाँ कीर्तिमान कायम गरेको हो।

१७४ रनको लक्ष्य पछ्याउँदै क्रिजमा उत्रिएको वेस्ट इन्डिज १७.१ ओभरमै ८३ रनमा अलआउट भयो। यो पुरुष टी–२० अन्तर्राष्ट्रियमा कुनै पनि आईसीसी पूर्ण सदस्य टोलीले एसोसिएट राष्ट्रविरुद्ध बनाएको सबैभन्दा न्यून स्कोर हो।

यसअघि सन् २०१४ को टी–२० विश्वकपमा नेदरल्यान्ड्सविरुद्ध इंग्ल्यान्ड ८८ रनमै समेटिएको थियो। त्यस्तै, नेपालले दर्ता गरेको ९० रनको जित एसोसिएट राष्ट्रले पूर्ण सदस्यमाथि हासिल गरेको सबैभन्दा ठूलो अन्तरको विजय (रन अन्तरमा) बनेको छ। यसअघि सन् २०१६ मा अफगानिस्तानले जिम्बाब्वेलाई ८१ रनले हराएको थियो।

यो ऐतिहासिक जितसँगै नेपालले पहिलो पटक टेस्ट टोलीविरुद्ध टी–२० आई श्रृंखला पनि जितेको छ। पहिलो खेलमा नेपाल १९ रनले विजयी भएको थियो।