काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१५ आश्विन २०८२
अ+
अ-

काठमाडौं। फिलिपिन्समा मंगलबार राति गएको भूकम्पमा परि मृत्यु हुनेको संख्या बढेर ६९ पुगेको छ।

६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि सेबु प्रान्तमा अहिले पनि लगातार पराकम्प भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्याहरुले जनाएका छन्। त्यहाँका नागरिक सुरक्षा कार्यालयले अवस्था गम्भीर रहेको जनाएको छ।

भूकम्पको केन्द्रबिन्दु नजिकै बोगो शहरका सरकारी अधिकारीहरुले भूकम्पले ठूलो क्षति गरेको जनाएका छन्। त्यसको भूकम्प कार्यालयले ६ सय ११ वटा पराकम्प गइसकेको जनाएको छ।

निरन्तरको सानो सानो भूकम्पले स्थानीय बासिन्दामा ठूलो त्रास उत्पान्न गराएको र मानिसहरु सडकमा भूकम्प पीडितहरुमा त्रास फैलिएको छ। भूकम्पले सडक तथा पुलमा समेत क्षति पुर्‍याएको बताइएको छ।

भुकम्प लगात्तै सुनामीको चेतावनी जारी गरिए पनि ठूलो छाल उत्पन्न भएको छैन।

सेबु प्रान्तको सरकारले पुरै प्रान्तमा संकटकाल घोषणा गरेको छ। राष्ट्रपति फर्निनान्ड मार्कोस जुनियरले विज्ञप्ती जारी गर्दै मानिसलाई सतर्क रहन र स्थानीय प्रशासनको निर्देशन पालन गर्न अपिल गरेका छन्।

उनले विद्युत आपूर्ति पुनर्स्थापित गर्ने प्रयास भइरहेको र अस्पतालमा थप कर्मचारी खटाइने बताएका छन्।