काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१५ आश्विन २०८२
एजेन्सी, फाइल तस्बीर।
अ+
अ-

काठमाडौं। नेपालको जेन–जी आन्दोलनको प्रभाव छिमेकी भारतको जेलमा पनि पर्न थालेको छ।

कुनै बेला नेतालाई भगवान मान्ने सीमा जोडिएको उत्तर प्रदेशमा पूर्वमन्त्री गायत्री प्रजापतिले जेलभित्र कुटाई खाएका छन्।

उनलाई जेलभित्रको सरसफाई गर्ने कैदीले मिलेर कुटेका छन्। उनको सरसफाई गर्ने एक कैदीसँग सामान्य कुरालाई लिएर झगडा भएको थियो। तर, त्यसको केही क्षणमै अन्य कैदीहरू पनि मिलेर कुटपिट गरेका छन्।

जेल अधिकृत पीसी मीनाले दिएको जानकारी अनुसार पूर्वमन्त्री प्रजापतिको टाउकोमा चोट लागेको छ।

तर, त्यो त्यति गहिरो छैन। घटना मंगलबार रातीको हो। पूर्वमन्त्री प्रजापति उत्खन्न मुद्दामा लामो समयदेखि लखनउको जेलमा बन्द थिए।

समाजवादी पार्टीका राष्ट्रिय प्रवक्ता फखरुल हसन चांदले घटनालाई लिएर चिन्ता व्यक्त गरेका छन्।