१५ आश्विन २०८२
प्रतीकात्मक तस्बिर।
अ+
अ-

जनकपुरधाम। सर्लाहीमा माटोको ढिस्कोले पुरिएर गम्भिर घाइते भएका चारै जनाको मृत्यु भएको छ।

आज बुधबार बिहान सवा ९ बजेतिर हरिपूर्वा नगरपालिका वडा नम्बर १ स्थित हर्दी खोलाकिनारमा माटो निकाल्ने क्रममा माथिबाट खसेको ढिस्कोमा पुरिएर ४ जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा महोत्तरी सोनमा गाउँपालिका–६ की ६५ वर्षीया सायदा खातुन, ६ वर्षीया सविवा खातुन, ८ वर्षीय डिल्लु मंसुर र ९ वर्षीया नर्गिस खातुन रहेका छन्। भने घाइतेको विवरण खुलेको छ।

उनीहरू बुधबार बिहान करिब सावा ९ बजे सर्लाहीको हरिपुर्वा नगरपालिका १ हर्दी नदीस्थित खुर्पालेमा घर लिपपोत गर्ने माटो खन्न पुगेका थिए। माटो खन्नेक्रममा उनीहरूलाई माटोको ढिस्कोले पुरेको थियो।