काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१५ आश्विन २०८२
अ+
अ-

मुम्बई। अक्षय कुमार र अरशद वारसी अभिनित फिल्म जोली एलएलबी–३ ले रिलिजको दुई साता नबित्दै लगानी उठाएको छ।

१९ सेप्टेम्बरमा रिलिज भएको यो फिल्मले मंगलबारसम्म भारतमा मात्र ९६ करोड २७ लाख रुपैयाँ आम्दानी गरिसकेको छ।

फिल्म निर्माणका लागि ८० करोड रुपैयाँ लगानी भएको थियो।

फिल्मको विश्वव्यापी कलेक्सन जोड्दा कूल १३९ करोड कमाईं भइसकेको विभिन्न मिडिया रिपोर्टमा उल्लेख छ । फिल्मको रिभ्यु राम्रो छ । फिल्म अझैं सिनेमा घरमा रहने विश्लेषकहरूले बताएका छन्।

जोली एलएलबीको पहिलो भाग २०१३ मा निर्माण भएको थियो। जसमा अरशद वारसी जोलीको भूमिकामा देखिएका थिए।

दोस्रो भाग भने २०१७ मा रिलिज भयो। जसमा अक्षयले जोलीको भूमिका निर्वाह गरेका थिए । यसपालि दुवै जना फिल्ममा देखिएका छन्।