काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१५ आश्विन २०८२
अ+
अ-

काठमाडौं। इङ्लिस क्लब लिभरपुल च्याम्पियन्स लिगमा तुर्कीको गालातासारेसँग १–० ले पराजित भएको छ।

मंगलबार राति राम्स पार्कमा भएको खेलमा लिभरपुलले सुरुदेखि नै बलमा नियन्त्रण र आक्रमणमा प्रभुत्व जमाए पनि एक मात्र पेनाल्टीले खेलको नतिजा गालातासारेतर्फ मोडिएको हो।

लिभरपुलका डोमिनिक सोबोस्लाईले बक्सभित्र फाउल गरेपछि गालातासारेले पेनाल्टी पायो। त्यसलाई भिक्टर ओसिमेहेनले शक्तिशाली प्रहारमार्फत गोलमा परिणत गरे।

खेलको १४औँ मिनेटमै ह्युगो एकिटिकेले गोल गर्ने अवसर गुमाए भने फर्केको बलमा कोडी गाक्पोको प्रहार गर्दा इश्माइल ज्याकब्सले रोकिदिए। ५४औँ मिनेटमा गालातासारेका ओसिमेहेनको खतरनाक प्रहार लिभरपुलका गोलरक्षक एलिसन बेकरले बचाए। तर, त्यस क्रममा उनको घुँडामा चोट लागेपछि मैदान छाड्नुपर्‍यो। उनको स्थानमा जियोर्जी मामारदास्भिली मैदानमा प्रवेश गरे।

६२औँ मिनेटमा मोहम्मद सलाह मैदानमा पसे पनि लिभरपुलको नतिजा परिवर्तन भएन। अन्ततः १–० को हारसहित मैदान छाडे।