काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१६ आश्विन २०८२
अर्थमन्त्री खनाल। फाइल तस्बिरः नवीन पौडेल/रासस
अ+
अ-

काठमाडौँ। अर्थ मन्त्रालयले १५ सय अमेरिकी डलरभन्दा बढी विदेशी मुद्रा नराख्न भनेको छ।

अर्थ मन्त्रालयले आफ्नो सामाजिक सञ्जाल ‘एक्स’ (ट्विटर) मार्फत् धेरै विदेशी मुद्रा साथमा नराख्न भनेको हो।

रामेश्वर खनाल अर्थमन्त्री भएपछि मन्त्रालयले वित्तीय अनुशासनका नियम कडाइपूर्वक लागु गरिरहेका छन्। विदेश भ्रमणबाट फर्किँदा बचत भएको वा वैध स्रोतबाट प्राप्‍त विदेशी मुद्रा अधिकतम १५ सय डलर वा त्यस बराबरको परिवर्त्य विदेशी मुद्रा मात्र नगदमा राख्न पाउने सूचनामा उल्लेख छ।

जेन-जी प्रदर्शनको क्रममा नेताहरुको घरमा तोडफोड र आगजनी हुँदा कतिपयको घरमा विदेशी मुद्रा भेटिएको थियो।

अर्थ मन्त्रालयले नेपाल आउने नेपाली वा विदेशी नागरिकले आफूसँग पाँच हजार अमेरिकी डलरभन्दा बढी रकम ल्याउनु परेमा भन्सारमा घोषणा गर्न भनेको छ। भन्सारमा जानकारी नगराइ ल्याएको विदेशी मुद्रा अवैध हुन्छ। पाँच हजार डलर वा त्यस बराबरको रकम भने भन्सारमा घोषणा नगरी नेपाल ल्याउन पाइन्छ।

स्रोत नखुलेको रकमका सम्बन्धमा सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ बमोजिम अनुसन्धान हुने अर्थ मन्त्रालयले बताएको छ।

अर्थ मन्त्रालयले सकेसम्म सबै कारोबार बैंकिङ माध्यमबाट गर्न पनि भनेको छ।