न्युयोर्क । अमेरिकाको न्युयोर्क विमानस्थलमा पार्किङको समय दुई विमान आपसमा ठोक्किदा एउटा प्लेनको अगाडिको भाग नराम्रोसँग कुच्चिएको छ भने अर्कोको पंखा ।
न्युज रिपोर्टका अनुसार दुर्घटना त्यतिबेला भएको थियो, जब डेल्टा एयरलाइन्सको एउटा विमान गेटतर्फ अगाडि बढिरहेको थियो भने यही बेल एयरलाइन्सको अर्को विमान पनि गेटतर्फ आयो ।
घटनामा एक जना व्यक्तिलाई चोट लागेको बताइएको छ । घाइतेलाई बिहीबार नै उपचारका लागि अस्पताल लगिएको थियो ।
घटनाको भिडियो भाइरल भएको छ । जसमा एउटा विमानको पंखा पुरै गायब देखिएको छ भने अर्कोको अगाडिको भाग नराम्रोसँग कुच्चिएको अवस्थामा छ ।