काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१७ आश्विन २०८२
फाइल तस्वीर
अ+
अ-

काठमाडौं। काठमाडौं जिल्ला प्रशासन कार्यालयले रातको समयमा काठमाडौं आवातजावत नगर्न आग्रह गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारीले एक जरुरी सूचना निकाल्दै मौसमी प्रतिकूलताका बावजुद अनावश्यक रूपमा यात्रा नगर्न पनि आग्रह गरेका छन् ।

सतर्कता अपनाउनेसम्बन्धी जरुरी सूचना जारी गर्दै प्रशासनले असोज १७ (आज) देखि २० गतेसम्म अत्यन्त जरुरी नभई सकेसम्म लामो दुरीको यात्रा नगर्न, काठमाडौंबाहिर जाने र प्रवेश गर्नेहरुले रातको समयमा यात्रा नगर्न भनेको हो ।

‘जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान तथा प्रेषित सूचनाबमोजिम २० गतेसम्म भारी वर्षा हुने र सोबाट जोखिमयुक्त स्थानहरुमा बाढी, पहिरो, भूक्षयजस्ता विपद्जन्य घटना हुने सम्भावना भएकाले आफ्नो स्थानमा रही सतर्कता र सावधानी अपनाउन’ जारी विज्ञप्तिमा भनिएको छ ।