काठमाडौंं। असमका लोकप्रिय गायक जुबीन गर्गको निधन स्कुबा डाइभिङबाट नभई राम्रोसँग पौडी खेल्न नजान्दा भएको तथ्य सार्वजनिक भएको छ।
सिंगापुरबाट प्रकासित अखबार द स्ट्रेट्स टाइम्सको रिपोर्ट अनुसार उनको मृत्युको रिपोर्ट सिंगापुर प्रहरीले भारतीय दूतावासलाई बिहीबार सुम्पिएको छ। जुबीन भारत–आसियान पर्यटन वर्षको कार्यक्रममा भाग लिन सिंगापुर पुगेका थिए।
भारत र सिगापुरको सम्बन्धको ६० औं वर्षगाढको उपलक्ष्यमा आयोजित कार्यक्रमा सहभागी भएका जुबिनको १० सेप्टेम्बरमा सेन्ट जोस द्धिपमा स्कुबा डाइभिङ गर्न जाँदा निधन भएको थियो। ५२ वर्षीय जुबीनले बलिउडका थुप्रै फिल्ममा हिट गीत दिएका छन्।
उनले ग्याङस्टारमा गाएको ‘या अली’ गीत निकै लोकप्रिय भएको थियो।