काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१८ आश्विन २०८२
अ+
अ-

काठमाडौँ। अविरल वर्षाका कारण मौसममा आएको खराबीले ७ वटा अन्तर्राष्ट्रिय विमानहरू अन्यन्त्र डाइभर्ट भएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी तेजबहादुर पौडेलका अनुसार आज मात्रै सातवटा फ्लाइट अन्यन्त्र डाइभर्ट भएका हुन्।

पौड्यालका अनुसार बिहान मुम्बईबाट काठमाडौं आउँदै गरेको एयर इण्डिगो विमान लखनाउमा डाइभर्ट गरिएको थियो । त्यसैगरी काठमाडौं आउँदै गरेको चाइना इस्टर्नको विमान बङ्गलादेशको ढाकामा डाइभर्ट भएको छ। बैंककबाट आउँदै गरेको एयर एसियाको विमान पनि लखनाउमा डाइभर्ट गरिएको पौड्यालले जानकारी दिए।

नारिताबाट काठमाडौं आउँदै गरेको विमान पनि दिल्ली डाइभर्ट भएको थियो। दिल्लीबाट काठमाडौं आउँदै गरेको एयर इन्डिगोको अर्को विमान पनि दिल्ली नै फर्कियो। त्यसैगरी आबुधाबीदेखि काठमाडौं आउँदै गरेको एयर अरबिया बनारस डाइभर्ट गरिएको थियो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी पौड्यालका अनुसार कतार एयरका दुईवटा विमान अहिले पनि आकाशमै होल्ड गरिएको छ । अविरल वर्षाका कारण देशभरका आन्तरिक उडानहरू पनि बन्द गरिएपछि यात्रुहरू प्रभावित बनेका छन्।