काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौं राईड शेयरिङ गर्ने सवारी साधनहरुले चर्को मूल्य लिएको सुचना आएको भन्दै त्यस्तो कार्य गर्नेलाई कारवाही गर्ने चेतावनी दिएको छ।
शनिबार साँझ प्रशासनले सूचना जारी गर्दै इनड्राइभ, पठाओ तथा याङ्गोका चालकहरुले मनसुनजन्य विपद्को अवस्थामा यात्रुहरुलाई साविकको मूल्य भन्दा चर्को मूल्य लिएको गुनासो प्राप्त भएको जनाएको छ।
प्रशासनले ठगी गरेको प्रमाणसहित जिल्ला प्रशासनका सूचना अधिकारी मुक्तिराम रिजालको ९८५१३३८३२२ नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ। प्रशासनले यस्तो व्यक्तिहरु उपर कानून अनुसार कारवाही हुने जनाएको छ।