काठमाडौँ। रोशी खोलाले बीपी राजमार्गअन्तर्गत काभ्रे मंगलटार-९ बोक्सीकुनामा रहेको डाइभर्सन बगाएको छ।
गत वर्ष बाढीले मूल सडक बगाएपछि सो स्थानमा डाइभर्सन निर्माण गरेर यातायात सञ्चालन गरिदै आएको थियो। अविरल वर्षाको कारण उत्पन्न हुनसक्ने जोखिमलाई ध्यान दिँदै बीपी राजमार्गमा शनिबार बिहानैदेखि यातायात सञ्चालनमा रोक लगाइएको छ।
सो राजमार्ग हुँदै सञ्चालन रहेका सवारी साधानहरुलाई काभ्रे भञ्ज्याङ, भकुण्डेबेसी र सिन्धुली खुर्कोटमा रोकेर राखिएको छ।