१८ आश्विन २०८२
अ+
अ-

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङ तथा सहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले आज चोभार गल्छी क्षेत्रको निरीक्षण गरेका छन् ।

मन्त्री घिसिङले धोबीखोला, मनोहरा, विष्णुमती, वाग्मती करिडोरलगायत क्षेत्रको अवलोकन गरी ती क्षेत्रको वस्तुस्थितिबारे जानकारी लिएको हो । सो क्रममा उनले नदी किनारका बस्तीका बासिन्दालाई सतर्क भएर बस्न आग्रह गरेको मन्त्री घिसिङको निजी सचिवालयले जनाएको छ ।