काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१८ आश्विन २०८२
अ+
अ-

काठमाडौँ। उपत्यकाका नदीहरूमा पानीको बहाव बढेसँगै काठमाडौं महानगरपालिका–११ थापाथलीस्थित बागमती नदी किनारका बस्तीहरू जोखिममा परेपछि नेपाली सेनाले उद्धार कार्य अघि सारेको छ।

नेपाली सेना श्री गणेशदल गणको टोलीले अन्य सुरक्षा निकायसँगको सहकार्यमा गुहेश्वरी इलाका र टेकु दोभानस्थित सत्प्रयास वृद्धाश्रममा रहेका जेष्ठ नागरिकहरूलाई शनिबार पचली भैरव मन्दिरमा सुरक्षित स्थानान्तरण गरेको हो।

निरन्तर वर्षाका कारण थप क्षति हुनसक्ने अनुमान गर्दै सेनाले उपत्यका भित्रका १९ वटा जोखिमयुक्त स्थानमा दक्ष जनशक्ति तथा आवश्यक उपकरणसहित तयारी अवस्थामा राखिएको नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले जानकारी दिए।

उनले आवश्यक परे थप उद्धार र राहत कार्यका लागि तयारी अवस्थामा बल प्रयोग गरिने बताए।