काठमाडौं। जल तथा मौसम विज्ञान विभागले अबको केही घण्टाबाट कोशी, मधेस र बागमती प्रदेशमा मेघ गर्जनसहित भारी वर्षा हुने बताएको छ।
उक्त वर्षाले तीन वटा प्रदेशमा बढी प्रभाव पार्ने सम्भावना देखिएको विभागले भर्खरै अपडेट गरेको बुलेटिनमा उल्लेख छ।
अहिले देशको अधिकांश भागमा पानी परिरहेको छ।
‘वर्षा गराउने प्रणाली पूर्व-उत्तर पूर्व दिशा तर्फ सरिरहेको र ती क्षेत्रहरूमा थप वर्षा हुने सम्भावना रहेकोले सतर्कता अपनाउनु हुन र पछिल्लो मौसमी सूचनाको जानकारी लिनुहुन अनुरोध छ,’ विभागले जारी गरेकाे अपडेटमा भनिएको छ।
निरन्तरको वर्षाका कारण हुने सक्ने जोखिमलाई ध्यान दिएर राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले तीन दिन लामो दूरीको सवारी आवागमन बन्द गरिएको छ।
त्यसैगरी, काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सवारी आवागमन पनि बन्द गरिएको छ।
