काठमाडौं। काभ्रे जिल्लामा अध्याधिक वर्षा भएपनि बीपी राजमार्गमा सवारी साधनहरुलाई काभ्रे भञ्ज्याङ र मंगलटारमा रोकिएको छ ।
शनिबार बिहान काभ्रेको भकुन्डेबेसी, धुलिखेल र बनेपामा अत्याधिक वर्षा भएको छ ।
भौतिक योजना तथा यातायात मन्त्रालयका अनुसार काठमाडौंबाट गएको सवारीलाई काभ्रेसञ्ज्याङ र काठमाडौं आउँदै गरेकालाई मंगलटारमा रोकिएको छ । वर्ष कम हुने साथ ती सवारीलाई जान दिइने मन्त्रालयले जनाएको छ ।