१८ आश्विन २०८२
प्रतीकात्मक तस्बिर।
अ+
अ-

चन्द्रपुर। यहाँका कटहरिया नगरपालिका–२ हथियाहीमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।

आज साझ चट्याङ लागेर हथियाहीका १७ वर्षीय सेराज लहरी र सोही गाउका १६ वर्षीय नबिन यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी नायब उपरिक्षक राजु कार्कीले मृतक दुवैको शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल गौरमा राखिएको जानकारी दिए ।