काठमाडौँ। केन्द्रीय कारागार सुन्धाराबाट फरार नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त पक्राउ परेका छन्।
जेनजी आन्दोलनका क्रममा २५ भदौमा सुन्धारा कारागारबाट भागेका कैदी तुलसीपुर-१६ दाङका सन्देश शर्मालाई प्रहरीले पक्राउ गरेको हो।
शर्मालाई ललितपुर महानगरपालिका-१ बखुन्डोलबाट आइतबार पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दानबहादुर कार्कीले बताए। शर्मालाई केन्द्रीय कारागार चलान गरिएको छ।