काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१९ आश्विन २०८२
अ+
अ-

काठमाडौं। नेपाली राष्ट्रिय टोलीकी मिडफिल्डर प्रीति राईसम्मिलित अल–इत्तिहाद क्लब प्रोफेशनल फुटबल लिगको शीर्षस्थानमा उक्लिएको छ।

शनिबार इत्तिहाद स्टेडियम १ (अल–पोलो) मा सम्पन्न तेस्रो चरणको खेलमा इत्तिहाद टोलीले आफ्ना प्रतिद्वन्द्वी इस्तेजललाई ३–० ले पराजित गर्दै महत्वपूर्ण जित दर्ता गरेको हो।

खेलको १९औं मिनेटमा इत्तिहादले अग्रता लियो। मैदानको मध्य भागबाट उत्कृष्ट पास पाएपछि मे स्वेलमले प्रतिद्वन्द्वी गोलकिपरलाई छल्दै पहिलो गोल गरिन्। त्यसपछि ४२औं मिनेटमा रोजबहान फ्रेगको सुन्दर पासमा स्वेलमले दोस्रो गोल थपिन् र टिमलाई २–० को स्थितिमा पुर्‍याइन्।

दोस्रो हाफमा प्रशिक्षक विलियमसनले जना मातुक, लामार अल–शल्बी र क्यानाडा टिटीलाई मैदानमा उतारिन्। खेलको ६६औं मिनेटमा रोजबहान फ्रेगले तेस्रो गोल गर्दै टिमको जित सुनिश्चित गरिन्। यो उनको जारी सिजनको तेस्रो गोल पनि हो।

यस जितसँगै इत्तिहाद सात अंकसहित लिगको शीर्षस्थान छ। पहिलो चरणमा अर्टोडक्ससँग १–१ को बराबरीमा रोकिएको इत्तिहादले दोस्रो चरणमा निशामी फ्यूचरमाथि १–० को जित हासिल गरेको थियो।

इत्तिहादले लिगको चौथो चरणमा आगामी शनिबार (अक्टोबर ११) घरेलु मैदानमा ओमान एफसीसँग प्रतिस्पर्धा गर्नेछ।