काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१९ आश्विन २०८२
पृथ्वीराजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ–१० जवाङखोला नजिकै आइतबार बिहान खसेको सडकको पहिरो पन्छाइँदै । तस्बिर: हीरालाल गुरुङ/रासस
अ+
अ-

काठमाडौँ। पृथ्वी राजमार्गमा दुबैतर्फ यातायात सुचारू गरिएको सडक विभागले जनाएको छ।

तुइनखोलामा पहिरोका कारण एकतर्फी रहेको सडक आइतबार बिहान ११:४४ बाट दुईतर्फी खुलाइएको विभागका प्रवक्ता प्रभातकुमार झाले बताए।

“मलेखु-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ,” झाले भने।

यसैगरी, पहिरो पन्छाएपछि खुल्यो अरनिको राजमार्ग सुचारू भएको छ। अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको साँगामा खसेको पहिरो पन्छाएर दुईतर्फी सवारी सञ्चालन गरिएको हो।

आइतबार बिहान वर्षा रोकिएपछि पहिरो पन्छाएर सवारी आवतजावत सहज बनाइएको झाले बताए।