काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१९ आश्विन २०८२
अ+
अ-

काठमाडौं। विश्व पारा एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन भारत पुगेका दुई विदेशी प्रशिक्षकलाई मैदानभित्रै कुकुरले टोकेको छ।

राजधानी दिल्लीस्थित जवाहरलाल नेहरु रंगशालामा शुक्रबार जापानी प्रशिक्षक मिको ओकुमात्सु र केन्याका डेनिस मारागाइयालाई प्रशिक्षणका क्रममा छाडा कुकुरले टोकेको हो।

सर्वोच्च अदालतले दिल्लीमा बढ्दो छाडा कुकुरहरुको व्यवस्थापन गर्न स्थानीय सरकारलाई बारम्बार निर्देशन र चेतावनी दिँदै आइरहेको छ।

तर, शुक्रबारको घटनाले सरकार संवेदनशील नभएको स्पष्ट पारेको छ।

रङ्गशालामा उपस्थिति मेडिकल टोलीले यी दुई प्रशिक्षकको तुरुन्त उद्दार नगरेको भए समस्या गम्भीर बन्न सक्थ्यो। उनीहरुलाई सफदरजंग अस्पताल कुदाइएको थियो। रेविजको सूई लगायत अन्य प्राथमिक उपचारपछि उनीहरु होटल फर्किएका थिए। केन्याली टोलीका अधिकारी जोएल अतुतीले घटना बिहान १० बजे भएको बताएका छन्।

उनले खेलाडीहरुबीच कुराकानी भइरहेको बेला अचानक कुकुर आएर खुट्टामा टोकेको बताए। विश्व पारा एथलेटिक्स प्रतियोगितामा २२ सय खेलाडी सहभागी छन्। यसमा ३५ भन्दा बढी डोपिङ नियन्त्रण अधिकारीको उपस्थिति छ।