काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२० आश्विन २०८२
अ+
अ-

काठमाडौं। विभागीय टोली एपीएफ क्लबले साफ क्लब महिला च्याम्पियनसिपको पहिलो खेलमा बंगलादेशको नासरिन स्पोर्ट्स एकेडेमीलाई चुनौती प्रस्तुत गर्ने भएको छ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले सोमबार सार्वजनिक गरेको खेल तालिकाअनुसार एपीएफ र नासरिन आगामी १९ मंसिरमा भिड्ने भएका हुन्। साफले पहिलोपल्ट पाँच सदस्य राष्ट्रका शीर्ष क्लबलाई समेट्दै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्रतियोगिता आयोजना गर्न लागेको हो।

खेल १९ मंसिरदेखि ५ पुससम्म हुने साफले जनाएको छ। सिंगल राउन्ड रोबिनमा हुने प्रतियोगितामा यी दुईबाहेक भारतको इस्ट बंगाल फुटबल क्लब, भुटानको ट्रान्सपर्ट युनाइटेड एफसी र पाकिस्तानको कराची सिटी एफसीले प्रतिस्पर्धा गर्ने तय भइसकेको छ।

एपीएफले लिग चरणको दोस्रो खेल २५ मंसिरमा ट्रान्सपर्टसँग खेल्ने छ। २८ गते कराची र २ पुसमा अन्तिम खेल इस्ट बंगालसँग खेल्दै लिग सक्काउने छ।

लिग चरणका उत्कृष्ट शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउने छन्। फाइनल ५ पुसमा हुने साफले जनाएको छ।