काठमाडौं।आईसीसी टी-२० विश्वकपको छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज कतारसँग प्रतिस्पर्धा गर्दैछ।
विश्वकप छनोटअघि अभ्यास खेल खेलिरहेको नेपालले आज कतारसँग प्रतिस्पर्धा गर्न लागेको हो। नेपाल र कतारको अभ्यास खेल आज दिउँसो ४ः१५ बजे सुरु हुनेछ।
नेपालले पहिलाे अभ्यास खेलमा ओमानलाई ६ विकेटले पराजित गरेको थियाे। यो अभ्यास खेल आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको तयारी स्वरुप खेलिएकाे हाे।