काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२१ आश्विन २०८२
जेन-जी आन्दोलनका क्रममा सिंहदरबारभित्र जलाइएका सवारीसाधन हटाउँदै सडक विभागका कर्मचारी। तस्बिर : नारायण न्यौपाने/रासस
अ+
अ-

काठमाडौँ। जेन-जी आन्दोलनका क्रममा जलेका सिंहदरबार परिसरका सवारीसाधन आजदेखि ठूला उपकरण प्रयोग गरेर हटाउन थालिएको छ।

आगजनीमा क्षतिग्रस्त एक हजार सवारीसाधन सडक विभागका चारवटा ठूला उपकरण प्रयोग गरेर हटाउन थालिएको विभागले जनाएको छ। हालसम्म दुई सयवटा चारपाङ्ग्रे र चार सय दुईपाङ्ग्रे सवारीसाधन व्यवस्थापन गरिएको छ।

जलेका सवारीसाधन नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा राखिएको छ। सिंहदरबारभित्र जलेका सवारीको व्यवस्थापन पूरा भएपछि अन्य स्थानका जलेका सवारी उठाइने विभागका कर्मचारी विष्णुकुमार महर्जनले बताए।