काठमाडौँ। सूर्यज्योति लाइफ इन्स्योरेन्सले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा एक करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्रीले अर्थमन्त्री रामेश्वर खनाललाई एक करोड ६० लाख रुपैयाँको चेक मंगलबार अर्थमन्त्रालयमा हस्तान्तरण गरेका छन्।
२३ र २४ भदौमा जेन–जी प्रदर्शनका क्रममा भएको तोडफोड र आगजनीबाट क्षति पुगेका भौतिक पूर्वाधारको पुनर्निर्माणका लागि सरकारले कोष स्थापना गरेको छ।
कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम सहयोग गरेको बताएको छ।