२१ आश्विन २०८२
फाइल फोटो
अ+
अ-

काठमाडौँ। बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग अझै अवरुद्ध छन् ।

नेपाल प्रहरीले सोमबार बिहान ९ बजे सार्वजनिक गरेको विवरणअनुसार कोशी र  बागमती प्रदेशका राजमार्गहरू सबैभन्दा बढी प्रभावित भएका छन्।

नेपाल प्रहरीका अनुसार कोशी राजमार्गमा पर्ने सङ्खुवासभाको मकालु गाउँपालिका ३ एकुवा र भोटखोला गाउँपालिका ४ बरूणमा खसेको पहिरोका कारण सवारी साधन चल्न सकेका छैनन् ।

त्यस्तै, बीपी राजमार्गमा पर्ने काभ्रेपलान्चोकको रोशी गाउँपालिका ११ माम्तीखोला, बुलढुंगा र डालावेशी तथा सिन्धुलीको नेपालथोक खण्डमा पहिरोका कारण आवत–जावत अवरुद्ध रहेको छ ।

बालुवाखानी र तातोपानीमा खसेको पहिरोको कारण अवरुद्ध भएको छ। पासाङल्हामु राजमार्गमा पर्ने रसुवाको गोसाईंकुण्ड गाउँपालिका २ स्थित घट्टेखोला र रसुवाको गोसाईंकुण्ड गाउँपालिका २ रसुवागढी स्थित नेपाल र चीन नाका जोड्ने मितेरी पुलमा गत असार २४ गते आएको बाढीले क्षति पुर्‍याएकाले सवारी आवागमन अवरुद्ध रहेको छ ।