काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२२ आश्विन २०८२
मलेसियाविरुद्धको अन्तिम खेलमा नेपाली महिला टोली। तस्बिर : क्यान
अ+
अ-

काठमाडौँ। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले मलेसियाविरुद्धको टी-२० शृंखला जितेको छ। बुधबार सम्पन्न शृंखलाको अन्तिम खेलमा पाँच विकेटको जित हात पार्दै नेपालले ३-२ ले शृंखला जितेको हो।

टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय तीन रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले १८ ओभरमा पाँच विकेट गुमाउँदै जित हात पारेको हो।

नेपालका लागि रुवि पोदारले २६, पूजा महतोले २३, रुविना क्षेत्रीले अविजित १५ तथा सम्झना खड्काले १३ रन बनाए। मलेसियाका लागि आइन हामिजा हसिम, नुर डानिया स्युहदा, आइसा एलिसा फिर्डाजु र नुर आल्याले समान एक/एक विकेट लिए।

मलेसियाका लागि विनिफ्रेड दुराइसिंघमले सर्वाधिक ४० रनको योगदान दिइन्। त्यसैगरी माहिरा इज्जती इस्माइलले १९, आइन हामिजा हसिमले १५ र नुर डानिया स्युहदाले ११ रन बनाए। नेपालका लागि कविता कुँवर र राजमति ऐरीले समान तीन/तीन विकेट लिए भने रचना चौधरीले एक विकेट लिइन्।