२२ आश्विन २०८२
अ+
अ-

काठमाडौं। आज २०८२ साल असोज २२ गते बुधबार । कात्तिक कृष्ण पक्षको प्रतिपदा तिथि । तदनुसार सन् २०२५ अक्टोबर ८ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ ।

मेष: आज समय शुभ रहेको छ। राम्रो धन आर्जन गर्न सकिने समय छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजन प्राप्त हुने योग छ। विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ।

बृष: आज समय सामान्य छ। प्रतिस्पर्धी सँग सतर्क रहनु राम्रो हुन्छ। व्यापार तथा कृषिमा फाइदा नै हुने देखिन्छ। काममा ढिलो गरी सफलता आर्जन गर्न सकिने छ। एउटै कामलाई दोहोर्याएर गर्नुपर्ने परिस्थिति बन्न सक्छ।

मिथुन: आज समय शुभ छ। हिम्मतले काम बनाउन सकिने छ। इर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ। सानो प्रयत्नले ठूलो फाइदा हुनेछ। दीर्घकालसम्म फाइदा हुने काम प्रारम्भ गर्न सकिने छ। उपलब्धिले थप उत्साह जगाउनेछ ।

कर्कट: समय सामान्य रहनेछ । समय र नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछन। काममा ढिलासुस्ती हुनसक्छ । अप्रिय समाचारले दुःखी बनाउने छ । पढाइलेखाइमा बाधा पुग्नेछ । व्यापार÷व्यवसायमा सोचेको फाइदा लिन सकिंदैन।

सिंह: आज समय शुभ छ। लगनशील बन्दा पछि फाइदा हुने काम प्रारम्भ हुन सक्छ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने छ। साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ। नयाँ जिम्मेवारी पाइएला। श्रमको उचित मूल्याङ्कन हुनेछ।

कन्या: समय सामान्य छ। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिने छ। दिगो फाइदाका लागि लगानी बढाउन सकिने छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सफल भइनेछ। आम्दानी बढ्नेछ। गरिएका कामको राम्रै मूल्याङ्कन हुनेछ।

तुला: समय सामान्य छ। सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ। अरूका काममा समय बित्न सक्छ। समयमा काम पूरा नहुनाले मन खिन्न रहनेछ। अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ। सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस।

वृश्चिक: नयाँ काममा हात हाल्नु हानिकारक हुनेछ। मिहिनेत गरे पनि अन्त्यमा काम नबन्नाले दिक्क लाग्ने छ। गोपनीयता भङ्ग हुने खतरा छ। कमजोरीले चिन्ता बढाउन सक्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। सामाजिक उत्तरदायित्व वहन गर्ने परिस्थिति बन्नेछ।

धनु: समय सामान्य छ। विविध चुनौती र तनाव आइलाग्न सक्छन। व्यक्तिगत स्वास्थ्यमा उतारचढाव आउने सम्भावना हुन्छ। पति पत्नीका आपसी समस्याले मन खिन्न हुनसक्छ। चुनौती सामना गर्नुपर्दा चिन्ता र छटपटी बढ्न सक्छ। बाध्यताले मन खिन्न तुल्याउनेछ।

मकर: समय सामान्य छ। प्रयत्न गर्दा पनि कामबाट फाइदा उठाउन सकिंदैन। यात्रामा झन्झट र झमेला आइलाग्न सक्छन। सामान हराउने वा चोरी हुने डर हुन्छ। शत्रुको चलखेल बढ्ने छ। रोगव्याधिको प्रकोप सुरु हुनसक्छ। बिक्रीबट्टा र व्यापारमा सामान्य फाइदाको योग छ।

कुम्भ: कुनै समाचारले मन बिथाल्न सक्छ। आम्दानी हुनेछ तर विभिन्न भौतिक साधन जुटाउने क्रममा खर्चको मात्रा ह्वात्तै बढ्न सक्छ। नयाँ ज्ञान सिक्ने मौका छ, तर समय निकाल्न सकिंदैन। व्यापार–व्यवसायमा लगनशील भएमा मात्र लाभ पाउन सकिने छ। यात्रामा दिक्क लाग्ने छ। सोचेको काममा बाधा उत्पन्न हुनसक्छ।

मीन: समय सामान्य रहनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। तर समय निकाल्न सकिंदैन। व्यापार–व्यवसायमा लगनशील भएमा मात्र लाभ पाउन सकिने छ। कुनै समाचारले मन बिथाल्न सक्छ। यात्रामा दिक्क लाग्ने छ, सोचेको काममा बाधा उत्पन्न हुनसक्छ। आम्दानी हुनेछ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस्।