२३ आश्विन २०८२
अ+
अ-

काठमाडौं। नेपाली कांग्रेसका पूर्व पदाधिकारी र पदाधिकारीहरूको बैठक आज बस्ने भएको छ ।

सभापति शेरबहादुर देउवाले बोलाएको बैठक ललितपुरको कुपण्डोलस्थित एउटा होटलमा दिउँसो १ बजे बस्ने भएको हो ।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माका अनुसार असोज २६ गते बस्ने केन्द्रीय समितिका एजेण्डा र वर्तमान राजनीतिक परिस्थितिका विषयमा बैठकमा छलफल हुनेछ ।

भदौ २३ र २४ गते भएको जेन जी युवाहरूको आन्दोलनपछि सभापति देउवाले पहिलो पटक कांग्रेसका पदाधिकारी र पूर्व पदाधिकारीहरूको औपचारिक बैठक बोलाएका हुन् । आन्दोलनको दोस्रो दिन भदौ २५ गते भौतिक आक्रमण भएपछि सभापति देउवा र निवर्तमान परराष्ट्रमन्त्री समेत रहेकी देउवा पत्नी आरजु राणा देउवा सुरक्षा घेरामा रहेर उपचार गराइ रहेका थिए ।