२३ आश्विन २०८२
अख्तियार दुरुपयोग अनुसन्धान आयोग। फाइल तस्बिर
अ+
अ-

काठमाडौं। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी तत्कालीन उपकुलपति प्रा.डा. संगीतासिंह भण्डारीसहित १३ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार उनीसहित १३ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। भण्डारीसँग १२ करोड ७ लाख ६० हजार ९४६ रुपैयाँ बिगो माग गरिएको अख्तियार प्रवक्ता राजेन्द्रकुमार पौडेलले बताए।

मुद्दा दायर भएका अन्यमा प्रतिष्ठानका तत्कालीन कामु रजिष्ट्रार झन्झर लामिछाने, आर्थिक प्रशासन प्रमुख कैलाशप्रसाद देव, बायोमेडिकल इन्जिनियर शरद भण्डारी, त्रिवि शिक्षण अस्पतालका बायोमेडिकल इन्जिनियर अमितकुमार चौधरी, सहायक आर्थिक प्रशासन प्रमुख नितिन कुर्मी, शाखा अधिकृत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका शाखा अधिकृत छाया डिसी, श्रीराम चौधरी, आइटी अफिसर हिरालाल भण्डारी, सिभिल इन्जिनियर मदन भण्डारी, वरिष्ठ सहायक अन्जु शर्मा, स्वास्थ्य सेवा विभागकी तत्कालीन बायोमेडिकल इन्जिनियर सुजाता भट्टराई र लुम्बिनी हेल्थ केयर प्रालि तथा त्यसका अध्यक्ष राज ज्ञवाली रहेका छन।

उनीहरू सबैसँग १२ करोड ७ लाख ६० हजार ९४६ रुपैयाँ बिगो माग गरिएको पौडेलले बताए। प्रतिष्ठानले खरिद गरेको एमआरआई उपकरणमा निर्धारित शर्त र मापदण्डविपरीत कार्य गरी भ्रष्टाचार गरेको आरोप उनीहरूलाई लगाइएको छ।