२३ आश्विन २०८२
अ+
अ-

काठमाडौं। नेपाली बजारमा आज पनि सुनको मूल्यले रेकर्ड बनाएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँले बढेर  २ लाख ३९ हजार २०० रुपैयाँ कारोबार भइरहेको छ।  बुधबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ३८ हजार रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ७० रुपैयाँले बढेर ३ हजार २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदीको मूल्य २ हजार नौ सय ५५ रुपैयाँ कायम भएको थियो ।