काठमाडौं। अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले दलहरूको सहभागिता विना निर्वाचन नहुने विषयमा सरकार प्रष्ट जानकार रहेको बताएकी छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शुक्रबार भएको सर्वदलिय बैठकमा बोल्दै उनले स्वतन्त्र निष्पक्ष र भयरहित निर्वाचन गराउन सरकारले शान्ति सुरक्षाको प्रवन्ध गर्ने विश्वास दिलाएकी छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलका प्रेश सल्लाहकार किरण पोखरेलले दिएको जानकारी अनुसार प्रम कार्कीले जेनजीहरू सबैको छोरा नाती भएकाले उनीहरूले प्रकट गरेको असंतुष्टी बुझेर परिवर्तनलाई आत्मसात गर्दै अगाडि बढ्न दलहरूलाई आग्रह गरेकी छन् ।