२४ आश्विन २०८२
अ+
अ-

काठमाडौँ। भारतले आईसीसी महिला विश्वकप क्रिकेटको लिग चरणमा दक्षिण अफ्रिकासँग तीन विकेटले पराजय ब्यहोरेको छ।

भारतले दिएको २५२ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले ४८.५ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यसअघि पहिला ब्याटिंग गरेको भारतले ४९.५ ओभरमा अल आउट हुदै २५१ रन बनाएको थियो ।

भारतका लागि रिचा घोषले ७७ बलमा ९४ रन बनाइन्। साथै, प्रतिका रावलले ३७ रन र स्नेह राणाले ३३ रनको योगदान दिइन्।

जवाफी ब्याटिङमा दक्षिण अफ्रिकाले ४८.५ ओभरमा सात विकेट गुमाउँदै २५२ रनको लक्ष्य पूरा गर्‍यो। अफ्रिकाका नदीन डी क्लर्कले सर्वाधिक ८४ रन बनाइन् भने कप्तान लौरा वोल्वार्ड्टले ७० रन जोडेकी थिइन्।

भारतका लागि स्नेह राणा र क्रान्ति गौडले दुई-दुई विकेट लिएका थिए। अमनजोत कौर, दीप्ति शर्मा र नल्लपुरेड्डी श्री चरणीले एक–एक विकेट हात पारे।

यो जितपछि दक्षिण अफ्रिकाको ३ खेलमा २ जित र एक हारसहित ४ अंक रहेको छ र अंक तालिकामा हाल चौथो स्थानमा रहेको छ । त्यस्तै भारतको ३ खेलमा २ जित र एक हारसहित ४ अंक रहेको छ । भारत अंकतालिकामा हाल तेस्रो स्थानमा रहेको छ । जारी विश्वकपमा आज  बंगलादेश र न्यूजील्याण्डबीच खेल हुदैछ ।