काठमाडौं। नेकपा एमालेले सुशीला कार्कीको नेतृत्वको सरकारले मुठभेडतर्फ जान खोजेको निष्कर्ष निकालेको छ । सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टी उप महासचिव प्रदीप ज्ञवालीले पुरानो दलदरुलाई अस्वीकार गरेर सरकार अघि बढ्न थालेको बताए ।
“एउटा विशेष परिस्थितिमा सुशीला कार्की प्रधानमन्त्री बन्नुभएको छ । तर त्यसपछि यो सरकारले जे काम गर्दै छ त्यस प्रति हाम्रो ध्यानाकर्षण भएको छ । हाम्रो आपत्ति ,” ज्ञवालीले भने, “विभाजित भएको मनस्थिति जोडेर राष्ट्रिय एकताका लागि काम गर्ने सबै दललाई साथ लिएर अघि बढ्नु पर्ने थियो । तर सरकार दलहरुलाई साथ लिने होइन कि निषेधको बाटोबाट अगाडी बढी रहेको छ ।” सरकारका मनिस र सरकार बनायौं भन्नेहरुले हिंसाको भाषा बोलिरहेका भन्दै उनले भने, “राजनीतिक नेताहरुमाथि भौतिक आक्रमणको धम्कीहरु समेत दिएका छन् ।“
उनले प्रहरीलाई कुटिकटी मार्ने र लुटपाट गर्नेहरुलाई सजिलै छाड्ने र दलहरुले शान्तिपूर्ण कार्यक्रममा रोक लगाउन र नेताहरुलाई स्थान हद तोक्ने काम भएको आपत्ति जनाए । “यस्ता गतिविधिले यो सरकार निर्वाचन गराउने बाटोमा नभै मुलुकलाई अनावश्यक तिक्तता, तनाव र देशलाई मुठभेडतर्फ लैजान उद्द रहेको देखाएको छ ।” ज्ञवालीले यस्तो कार्य अविलम्ब अन्य गरिनुपर्ने बताए । “सिङ्गो देशलाई एक स्थानमा उभ्याउने विषयमा छलफल भएको छ” ज्ञवालीले भने ।