२५ आश्विन २०८२
अ+
अ-

वासिङ्टन डिसी। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि सय प्रतिशत ‘ट्यारिफ’ लगाउने घोषणा गरेका छन्।

चीनले लिइरहेको अत्यन्त आक्रामक व्यापारिक कदमको जवाफ भन्दै उनले सय प्रतिशतको थप ट्यारिफ लगाउने घोषणा गरेका हुन्। यो नयाँ ट्यारिफ नोभेम्बर १ देखि लागु हुनेछ । चीनले तिरिरहेका कुनै पनि ट्यारिफमा थप हुने ट्रम्पले जनाएका छन्।

चीनले ९ अक्टुबरमा दुर्लभ खनिज (रेयल अर्थ मेटिरियल)मा निर्यात थप कडा गरेको थियो । जसको जवाफमा ट्रम्पले नयाँ कर थपेका हुन् ।

चीनको उक्त नीति अन्तर्गत चिनियाँ खनिज या प्रविधि प्रयोग गर्ने विदेशी कम्पनीलाई लाइसेन्स लिनुपर्नेछ । चीनले कुनै विदेशी सेनासँग जोडिएको कम्पनीलाई यस्तो प्रकारको लाइसेन्समेत नदिने बताएको छ ।