पाँचथर। जेनजी आन्दोलनका क्रममा फरार भएका ११ कैदीलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक अनिशकुमार कर्णका अनुसार जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते कारागार तोडेर फरार भएका सुनसरीको झुम्का कारागारका १० तथा ललितपुरको नख्खु कारागारका एक कैदीलाई पक्राउ गरिएको हो। उनीहरु भागेर गाउँ आएको समयमा प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा कुम्मायक गाउँपालिका १ का घनेन्द्र तामाङ, फिदिम नगरपालिका १ का विनय नेम्बाङ, फिदिम ५ का मंगलसिंह तुम्बापो, फिदिम ११ का गजेन्द्र परियार दर्जी, फिदिम १२ का मिलन थाम्सुहाङ, तुम्बेवा गाउँपालिका ५ का गोपाल बोहोरा, हिलिहाङ गाउँपालिका ७ का चक्र तामाङ, हिलिहाङ ४ का किरण पोखरेल, मिक्लाजुङ गाउँपालिका ५ का सन्तवीर लावती, फाल्गुनन्द गाउँपालिका ३ का देशबहादुर तामाङ र याङवरक गाउँपालिका ३ का उदेश नुगो छन्। उनीहरु गत भदौ ३० गतेदेखि असोज २४ गतेसम्ममा जिल्लाका विभिन्न स्थानबाट पक्राउ परेका हुन्।
पक्राउ परेकाहरु जबरजस्ती करणी, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र लागुऔषध मुद्दामा सजाय भोगिरहेका कैदी हुन्। पक्राउ परेका कैदीलाई सम्बन्धित कारागार पठाइएको प्रहरी नायब उपरीक्षक कर्णले बताए। देशका विभिन्न कारागारबाट फरार कैदीबन्दी यहाँ आएर लुकिछिपी बस्ने सम्भावनाका आधारमा उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।
यो पनि…
यी हुन् २६ जेलबाट फरार भएका, सम्पर्कमा नआएका ५ हजार ५४७ कैदी (नामसहित)