काठमाडौँ। वीर अस्पतालका लेखा अधिकृत ढुण्डीराज दाहाल एक लाख २० हजार ५८० रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई घुस रकमसहित आइतबार पक्राउ गरेको छ। आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार ५० वर्षीय दाहाललाई उनकै कार्यकक्षबाट पक्राउ गरिएको हो।
विभिन्न सप्लायर्स कम्पनी र ठेकेदारहरूलाई बिल रकम भुक्तानी गर्दा उनले घुस लिएको अख्तियारको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ। पक्राउ गरेर दाहालमाथि थप अनुसन्धान गरिरहेको प्रवक्ता पौडेलले जनाए।