काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२६ आश्विन २०८२
अ+
अ-

धादिङ। धादिङको बेनीघाटमा प्रहरीले भारतीय मिनी ट्रकबाट दुई सय १९ किलो २१ ग्राम गाँजा र एक सय २० ग्राम अफिमजस्तो देखिने कालो पदार्थ बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख भेषराज रिजालका अनुसार भारतको बीआर ०१ जीबी ८६५३ नम्बरको टाटा मिनी ट्रकमा गाँजा लुकाई राखिएको अवस्थामा बरामद गरिएको हो।

ट्रकमा सवार दुई भारतीय नागरिकलाई पनि नियन्त्रणमा लिइएको छ।

ट्रक चितवनतर्फ जाँदै गर्दा जोगिमाराबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा गाडीभित्र फ्लस बटम बनाई लागूपदार्थ लुकाइएको पाइएको हो।

पक्राउ परेका व्यक्तिमाथि लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार अनुसन्धान अघि बढाइएको रिजालले बताए।