काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२६ आश्विन २०८२
अ+
अ-

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तीन दलका प्रमुख नेताहरूलाई बिदा गर्नुपर्ने बताएका छन्। आइतबार सामाजिक सञ्जालमा एक भिडियोमार्फत उनले आफ्नै पार्टी सभापति शेरबहादुर देउवा‚ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाललाई राजनीतिबाट बिदा गर्नुपर्ने बताएका हुन्।

उनले तीन नेताको बिदाइ र संवादको नयाँ वातावरण प्रारम्भ गर्न पनि आग्रह गरेका छन्। ‘तीन दलका तीन प्रमुख नेतालाई बिदाइ गरौँ, संवादको नयाँ वातावरण प्रारम्भ गरौँ,’ महामन्त्री थापाले भनेका छन्।

पार्टीमा नियमित महाधिवेशन र नसके विशेष महाधिवेशन गरेर भए पनि नेतृत्व परिवर्तन गर्नुपर्ने बताइरहेका उनले ठूला दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेता कार्यकर्तालाई पनि प्रमुख नेतालाई छाड्न अनुरोध गर्नुपर्ने भिडियो सन्देशमा बताएका हुन्।

‘म एमाले माओवादीका साथीहरूलाई पनि भन्न चाहन्छु, हामीले आफ्ना तीनवटै नेताहरूलाई प्रस्ट भन्नुपर्छ, अब नो मोर,’ थापाले भनेका छन्। महामन्त्री थापाले आफूहरू पनि अनुपयुक्त भए छाड्न तयार रहेको जिकिरसमेत गरेका छन्।