२६ आश्विन २०८२
अ+
अ-

काठमाडाैं। एसोसिएट क्रिकेट खेल्ने देश नामिबियाले दक्षिण अफ्रिकालाई टी-२० अन्तर्राष्ट्रिय खेलमा चार विकेटले पराजित गरेको छ।

दक्षिण अफ्रिकाले टस जितेर पहिले ब्याटिङ गर्दै २० ओभरमा ८ विकेट गुमाएर १३४ रनको सामान्य योगफल तयार पार्‍यो। लक्ष्य पछ्याउन उत्रिएको नामिबियाले सुरुवात राम्रो गर्न नसके पनि अन्त्यतिर उत्कृष्ट पुनरागमन गर्दै खेल जित्न सफल भयो।

विकेटकिपर ब्याट्सम्यान जेन ग्रीनले आक्रामक ब्याटिङ गर्दै नामिबियालाई जितसम्म पुर्‍याए। उनले अन्तिम बलमा चौका प्रहार गर्दै टोलीलाई रोमाञ्चक जित दिलाए। ग्रीनले २३ बलमा नटआउट ३० रन जोडे।

यो जितसँगै नामिबियाले चौथो पटक टेस्ट खेल्ने राष्ट्रलाई हराएको छ। यसअघि नामिबियाले २०२१ मा आयरल्याण्ड, २०२२ मा श्रीलंका र टी–२० ढाँचामा जिम्बाब्वेलाई आठ पटक पराजित गरिसकेको छ।