काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२६ आश्विन २०८२
अ+
अ-

काठमाडौं। कारागार व्यवस्थापन विभागले २६ असोजसम्म फरार रहेका ५ हजार ५४७ जना कैदीहरूको नाम सार्वजनिक गरेको छ।

जेन-जी आन्दोलनका क्रममा २४ भदौबाट जेल तोडेर फरार भएका कैदीहरू सम्पर्कमा नआएपछि विभागले नाम सार्वजनिक गरेको हो।

“फरार कैदीको नामावली ७७ जिल्लाकै प्रशासन कार्यालयहरू, सुरक्षा निकाय, निर्वाचन आयोग, अध्यागमन विभाग, भूमि व्यवस्थापन विभाग, यातायात व्यवस्थापन विभाग, राहदानी विभाग, वैदेशिक रोजगार विभाग, श्रम विभाग, नापी विभागलगायत सेवाग्राहीहरूको आवागमन धेरै हुने निकायमा पठाइने छ,” विभागका सूचना अधिकारी चोमेन्द्र न्यौपानेले नेपालन्युजलाई भने।

फरार कैदीहरू सेवा दिने निकायहरूमा पुग्न सक्ने भएकोले सार्वजनिक गरिएको न्यौपानेले बताए। जेन-जी आन्दोलनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नख्खु जेलबाट निस्किएपछि कैदीहरू जेल तोडेर भागेका थिए। विभागका अनुसार २६ वटा कारागारबाट कैदी भागेका थिए।

भागेकामध्ये ९ हजार ८ जना कारागारमा आइसकेका छन्। जेलबाट फरार भएका कैदीका कारण समाजमा सुरक्षा चुनौती बढेको छ। केही कैदीले अर्को घटना घटाउन थालेपछि समाज त्रसित बनेको छ।

यी हुन् सम्पर्कमा नआएका कैदी :