काठमाडौँ। त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदन शिक्षा मन्त्रालयले आइतबार सार्वजनिक गरेको छ।
केही दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले प्रतिवेदन सार्वजनिक गर्ने निर्णयसँगै मन्त्रालयले वेबसाइटमार्फत सार्वजनिक गरेको हो ।
समितिले विश्वविद्यालय आसपास करिब हजार रोपनी जग्गा हराएको, अन्य ठाउँमा लगभग एक हजार रोपनी अतिक्रमणमा परेको र ललितपुरका लुभु तथा पुल्चोकमा करिब ४ सय रोपनी वर्षौंदेखि भोगचलनबाहिर रहेको पत्ता लगाएको छ।
समितिको संयोजक महेन्द्रकुमार थापा थिए भने सदस्यहरुमा जानकीबल्लभ अधिकारी र प्रा.डा. प्रेमसागर चापागाई थिए । सदस्य-सचिवमा सुशीला अधिकारी थिइन् ।
हेर्नुहोस् प्रतिवेदनको पूर्णपाठ :